दशौं पोखरा पिस क्रिकेट कपमा बुधबार क्वाटरफाइनलका दुई खेल हुने

पोखरा, २६ माघ /पोखरा पिस क्लवद्वारा पोखरा रंगशालामा आयोजित दशौं पोखरा पिस क्रिकेट कप २०७३ अन्तर्गत बुधबार क्वाटरफाइनलका २ खेलहरु हुनेछन् ।

पहिलो खेल बिहान ९ बजे लेकसाइड युथ क्रिकेट क्लव पोखरा र बालुवाटार क्रिकेट क्लव काठमाण्डौका बीच तथा दोस्रो खेल दिउँसो १ बजे राइजिङ्ग क्रिकेट क्लव पोखरा र क्रिकेट एशोसिएशन अफ चितवन एकेडेमी ११ का बीच हुनेछ ।
मंगलबार दिउँसो नै चितवन र काठमाडौंबाट टिमहरु पोखरा आईपुगिसकेका छन् ।

सबै टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकोले प्रतिभावान खेलाडीहरुको खेल हेर्न पाईनेछ । सोमबार बरिष्ठ प्रशिक्षक डेभ वाटमोरको नेपाली राष्ट्रिय क्रिकेट टिमको हाई परफरमेन्स क्याम्प सकिएकाले दुबै खेलमा राष्ट्रिय खेलाडीले पनि सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा विजेता टोलीले नगद रु.७० हजार, ट्रफी, मेडल्स र प्रमाणप, उपविजेता टोलीले नगद रु.३० हजार, मेडल्स र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद रु.१० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र सर्वाधिक छक्का हान्ने खेलाडीलाई जनही रु.५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई ट्रफीको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...