सागर राज तिमिल्सिना
पोखरा, ९ माघ /आहा राराको चार पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । धरान फुटबल क्लबलाई ४–१ को फराकीलो अन्तरले हराउादै मनाङ अन्तिम चारमा स्थान बनाउन सफल भयो । मनाङले संकटा र बांगलादेशको फारसीगानीको बिजेतासँग माग ११ गते सेमिफाइनल खेल्नेछ।
मनाङको जितमा कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान २ गोल गरे भने धरानका लागि दीपक राईले एक गोल फर्काए । टोलीका ४ वटै गोलमा राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलको भुमिका रह्यो । पोखरेली स्ट्राइकर अनिलको क्रसमा सुजलले ३३ औं मिनेटमा हेडमार्फ पहिलो गोल गरेका थिए । अनिलले ४१ औं मिनेटमा गोल गरे गर्दै अन्तरलाई दुगुना बनाए । उनले आफिज ओलावालेको क्रसमा अनिलले पहिलो बारमा गोल गरे ।
चोट मुक्त भएर फर्केका रोहित चन्दको क्रसमा अनिलले ६० औं मिनेटमा टिमका लागि तेस्रो र आफ्नो नाममा दोस्रो गोल गरे । त्यसको ३ मिनेट नबित्दै अनिलकै क्रसमा विपक्षी गोलकिपर पूर्ण चेम्जोङ बिट भइसकेपछि सुजलले नजिकबाट गोल गरेका थिए । कमजोर प्रदर्शन गरेको धरानका लागि दीपक राईले ७३ औं मिनेटमा सान्त्वना गोल फर्काए ।
२०५८ को क्याराभान गोल्ड कपसहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी ९ पटक फाइनल खेलेको छ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले समय मै गोल निस्केका कारण आफुहरुको जित सुनिस्ति बनेको बताए । उनले मध्यन्तर पछिको समयमा खेलाडी अझ मन दिएर लल्न नसेको बताए । उनले मनाङ बंगलादेशमा हुेन प्रतियोगिताका लागि तयारीमा लागेका कारण पनि अझ राम्रो प्रर्दशन गर्न नसकेको बताए ।
धरान फुटबल क्लबका प्रशिक्षक सुवास केसीले ५ जना खेलाडी घाइते भएका कारण राम्रो प्रर्दशन गर्न नसकेको बताए । उनले खेलाडी धेरै नहुदा घाइते खेलाडी खेलाउनु परेको बताए । उनले मनाङको सेटटिम भएको र आफ्नो टिमा धेरै क्लबका खेलाडी ल्याएर खेलाएका कारण पनि सेट हुन नसकेको बताए । उनले खेलाडीहरु अनमार्क बस्दा गोल खानु परेको बताए । दुई गोल गरेका सुजल श्रेष्ठ म्यान अफ द म्याच भए । सोमबारको खेल रमपम झापा ११ र आर्मी बिच हुनेछ ।