के.सी र गुरुङ १६ औ राष्ट्रिय माछापुच्छे« च्याम्पियन

पोखरा २ माघ / माघे संक्रान्ति पर्वको अवसरमा पोखराको ढुङगेसाँघुमा आयोजित १६ औ राष्ट्रिय माछापुच्छे« फुलकन्ट्याक्ट कराँते तथा पाँचौ क्योकुशिन बुदोकाई कराँते प्रतियोगितामा पुरुष तर्फ निर्मल के.सी र महिला तर्फ सुनिता गुरुङ च्याम्पियन भएका छन् ।

प्रतियोगिता अन्र्तगत शनिबार भएको फाइनल खेलमा निर्मल केसीले गणेश अधिकारीलाई पराजित गदै च्याम्पियन हुदाँ मदन क्षेत्री र कुशल थापा तृतिय भए । महिला खुल्लामा सुनिताले अम्विका जिसीलाई पराजित गदै च्याम्पियन हुदाँ नविना नेपाली र पवित्रा चौधरी तृतिय भए । त्यस्तै महिला ४० केजीमुनि तोैल समुहमा एलिसा बरालले जुलिया श्रेष्ठलाई हराउदै प्रथम भइन भने उषा बस्नेत र मुना पुन तृतिय भए ।

४५ केजी महिलामा अञ्जना ढुङगेलले मनिषा तामाङलाई हराउदै प्रथम हुदाँ सरला खड्का र एलिसा छन्त्याल तृतिय भए । पुरुष ५५ केजी तौल समुहमा दिपेन्द्र क्षेत्रीले सौगात शर्मालाई हराउदै प्रथम हुदाँ अर्जुन बराल र वालगेश्वर यादव तृतिय भए । ५० केजी तौलमा अनिल बरालले रामेश्वर मेहरालाई हराउदै प्रथम भए भने सुमन बराम र सुमन प्रत्येल तृतिय भए । ४५ केजीमा निरज परियारले राजकुमार यादवलाई हराउदै प्रथम हुदाँ पूर्णबहादुर थापा र मन्दिप विक तृतिय भए । ४० केजीमुनि अविनाश अधिकारीले सतिशकुमार शाहलाई हराउदै प्रथम भए भने धिरज परियार र सन्तोष खनालले तृतिय स्थान हात पारे ।पुरुष ३५ केजीमुनि स्वरुप रावतले असिम गोर्खालीलाई पाखा लगाउदै प्रथम हुदाँ अजय नेपाली र अजय दुरा तृतिय भए ।

३० केजीमुनी मिराज परियारले करुण पौडेललाई हराउदै प्रथम भए भने सविन तामाङ र अमन पौडेल तृतिय भए ।विजेता खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, क्योकुसिन बुदोकाईका केन्द्रीय अध्यक्ष कपिल लोहनी, प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी, राखेप सदस्य अस्मिता गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कराँते पश्चिमाञ्चल प्रमुख दिपकबहादुर गोदार, क्योकुसिन बुदोकाई कराँते कास्की अध्यक्ष इ.धर्मराज कोइराला, लेखनाथ क्योकुसिन बुदोकाई कराते सघका सचिव जानुका पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...