पोखरा, २९ पुस /पोखराको न्युरोडमा सवारी दुर्घटना हुदा दुई जना घाइते भएका छन् । पोखरा ८ न्युरोडमा ग११प ९३२ नम्बरको मोटर साइकल अनियन्त्रीत भई दुई वटा कारमा ठोकिदा मोटर साइकलमा सवार दुई जना घाईते भएका छन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ भने एक जना सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । पोखरा ८ सिमलचौर घर भएका २० वर्षिय भुवन सिग्देल गम्भीर घाइते भएका छन् । उनको अनुहार र टाउकोमा चोट लागेको छ ।
त्यसै गरी अर्का घाइते २० वर्षिय सौरभ सिग्देलको हात र खुटामा चोट लागेको छ । घाइतेहरुको गण्डकी मेडिकल केलजमा उपचार भइरहेको छ । मोटरसाइकलले बा३च २३ र ग१च ७९९५ नम्बरको कारमा ठोकिएको थियो । मोटरसाइकल, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।