पोखरा माउन्टेन सिटीको चार्टर हस्तान्तरण, १३ लाखको सहयोग

पोखरा, २४ पुस /लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीद्वारा नयाँ स्पोन्सर गरिएको क्लब लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीको चार्टर हस्तान्तरण तथा पदस्थापन गरिएको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटीले नयाँ क्लबलाई एक कार्यक्रमका बीच शनिबार चार्टर हस्तान्तरण गरेका हुन् । क्लबका अध्यक्ष सुरेन्द्र पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा निबर्तमान गभर्नर ध्रुव थापा, डिष्ट्रिक चिफ एडभाइजर इन्दु लम्साल, एम्बेस्डर अफ गभर्नर विश्वेश्वर आचार्य, रिजन चियरपर्सन एकनारायण शर्मा ढकाल, जोन चियरपर्सन बाबुराम अधिकारी लगायतले शुभकामना दिएका थिए ।

उक्त अवसरमा चार्टर क्लबका अध्यक्ष डिआर पोखरेलले क्लबलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा क्लबले डिष्ट्रिक र इन्टरनेशनलाई गरी करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको योगदान गरेको छ ।

क्लबबाट ३ जनाले एमजेएफ, ३ जनाले प्रोग्रेसिप टिटानियम र १ जनाले मेघा एनएलएफ प्रदान गरेका छन् । क्लबका ४३ जना सबै सदस्यले एनएलएफ प्रदान गरेका छन् । नयाँ क्लबले चार्टर हुँदाको दिन अहिलेसम्मकै धेरै योगदान पु¥याएको पु¥याएको हो ।

कमेन्टहरु
Loading...