निःशुल्क सुगर, प्रेसर र किड्नी परीक्षण

पोखरा, २० पुस/ पोखरा–१०, रामबजारमा बुधबार दुई सय सात जनाको निःशुल्क सुगर, प्रेसर र किड्नी परीक्षण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ महिला उपसमितिले आयोजना गरेको शिविरमा पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्राविधिक सहयोग र व्यवस्थापन नेरेसो उपशाखा १०÷११ ले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार समाजसेवी डा चन्द्रबहादुर गुरुङले स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दा सामाजिक रुपमा आयोजना गरिने यस्ता शिविरले सबैमा स्वास्थ्य सेवा पु¥याउन सहयोग पु¥याउने बताए। राबजार सोसाइटी युकेका सल्लाहकार समाजसेवी महेश गुरुङले आफ्नो स्वास्थ्यबारे आफै सहज हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले अन्तर्राष्ट्रिय स्तरको ल्याबका सेवा जनस्तरसम्म पु¥याउँदै जनतालाई सेवा दिन आफूहरु निरन्तर लागेको बताए। युआरएलको आयोजना र प्राविधिक सहयोगमा भएको यो २८ औं शिविर हो। पन्तले हालसम्म युआरएलले १५ हजार बढीलाई निःशुल्क सेवा प्रदान गरिसकेको जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी उपशाखा १०÷११ का अध्यक्ष समरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सूर्यबहादुर बानियाँ, स्वागत लक्ष्मी राजभण्डारी र रेडक्रसका सात सिद्धान्तवाचन निर्मला श्रेष्ठले गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन लैंगिक तथा सामाजिक समावेशीकरण समितिका संयोजक नानीमाया गौतमले गरेकी थिइन्। फ्लोरा द बुटिक चिप्लेढुंगा र नरहरि मेडिकल सर्भिस रामबजारको सौजन्यमा शिविर भएको हो।

कमेन्टहरु
Loading...