पोखरामा पनि लोडसेडिङ मुक्त -कुलमान

पोखरा, १९ पुस/काठमाडौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यहि बर्षभित्र पुरै नेपाल लोडसेडिङमुक्त बनाउने बताएका छन् ।

उनले काठमाण्डौपछि पोखरा पनि लोडसेडिङमुक्त बनाउनुभएको बताउदै केहीदिन भित्र पुरै पूर्वाञ्चल लोडसेडिङमुक्त हुने बताए । उद्योग वाणिज्य महासंघले गरेको एक कार्यक्रममा १५ दिनदेखि पोखरामा लोडसेडिङ नभएको भन्दै अब पुर्वाञ्चलमा आफु केन्द्रित रहेको बताए ।

कार्यक्रममा आफुले चाहेअनुसार काम गर्न पाए काठमाण्डौमा अब फेरि लोडसेडिङको तालिका नआउने बाचा गरे । विद्युत प्राधिकरणका प्रमुख घिसिङले भारतबाट चर्को मूल्यमा बिद्युत आयात गरेको भन्ने कुरा गलत भएको बताए । उच्च खपत हुने समयमा प्रतियुनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गर्ने गरिएको भन्दै उनले भने, ‘आयातले मात्रै लोडसेडिङ अन्त्य नभएको स्पष्ट पारे ।

कमेन्टहरु
Loading...