पोखरामा एलजी कप सेभेन ए साइड सुरु

पोखरा, ८ पुष । ‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोसियसन पोखराले शुक्रबार देखि औपचारिक रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु गरेको छ । पोखराको अम्वर सिंह खेल मैदानमा सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए । एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको नेपाल ओलोम्पीक कमिटीका अध्यक्ष एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ्गले औपचारिक रुपमा उद्घाटन गरे ।

पोखरामा एलजी कप सेभेन ए साइड सुरु

सो अवसरमा उनले खेलकुदले समाजमा भाइचाराको सम्वन्ध विकासका साथै खेलकुदको संस्कृती विकास गर्न अहम भुमिका खेल्ने वताए । उनले खेलमा उच्च आर्दश अनुशासन आवश्यक रहने कुरामा समेत जोड दिए । पुष १५ गते सम्म संचालन हुने प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उदघाटन खेलमा नाइजेरियन खेलाडी सम्मिलित तारा एफ सी ले आर्दश एफ सीलाई ३–१ गेल अन्तरले पराजित गरेकको छ भो दोश्रो खेलमा अम्वर सिंह ए ले अम्वर सिंह जुनियरलाई टाइव्रेकरमा हरायो ।

कमेन्टहरु
Loading...