पौडेलको पहलमा पोखरामा खानेपानीका लागि ५ अर्ब स्वीकृत

पोखरा, ६ पुष/जापान सहयोग नियोग (जाइका) ले पोखराको खोनपानी प्रशोधन र वितरण प्रणाली सुधारका लागि उपलब्ध गराउने अनुदान अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । जाइकाले दिने ४ अर्ब ९४ करोड रुपैयाँ अर्थ मन्त्रालयले सरसफाइ तथा खानेपानी मन्त्रालयलाई निकासा गर्न मंगलबार स्वीकृत ग¥यो ।

अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि पोखराबासीको स्वच्छ पानी पिउने सपना साकार हुने भएको छ । पानी अभाव भएका स्थानमा समेत पर्याप्त पानी पुग्ने भएको छ । अर्थमन्त्रीका सूचना तथा संचार विज्ञ त्रिभुवन पौडेलले उक्त अनुदान स्वीकृतीका लागि विशेष पहल गरेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका पौडेलले अर्थमन्त्री कृष्णबहादुर महरालाई परियोजनाका बारेमा ध्यानाकर्षण गराउँदै आएका थिए । पौडेलका अनुसार अर्थमन्त्री महरा पोखरामै पढेकाले पनि परियोजनालाई चासोका साथ हेरेका थिए । लामो समयदेखि सुरु हुन नसकेको उक्त परियोजना सुरु गर्न बाटो खुलेको पौडेलले बताए । पत्रकार महासंघ कास्कीका सचिव समेत रहेका पौडेलले अर्थ मन्त्रालयको कदम पोखराबासीको लागि खुसीको विषय रहेको जनाए ।

सरसफाइ तथा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानले परियोजनाको काम अगाडि बढाउने छ । पत्रकार त्रिभुवन पौडेलकै पहलमा यसअघि लेखानथमा मालपोत र नापी कार्यालय स्थापनाका लागि पनि बजेट ब्यवस्था भएर काम अघि बढिसकेको छ ।

कमेन्टहरु
Loading...