युआरएल पत्रकारिता पुरस्कार स्थापना, स्वास्थ्यबिटमा क्रियाशील पत्रकारलाई प्रदान गरिने

पोखरा, २३ मंसिर। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले युआरएल पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पोखराको न्युरोडमा रहेको युआरएलले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर​ पुरस्कार स्थापना गरेको हो ।आगामी वर्षबाट हरेक वर्ष प्रदेश नं ४ मा स्वास्थ्य सम्बन्धी बिटमा कलम चलाउने क्रियाशील एक पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी नगद १५ हजार, ताम्रपत्र र दोसल्ला रहने  छ ।प्रालिको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष पुरस्कार प्रदान गरिने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए।

युआरएल पत्रकारिता पुरस्कार स्थापना

वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाल संगीत नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले वाङ्मय र स्वास्थ्य क्षेत्रको निकट सम्बन्ध गरेको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेलले स्वास्थ्य संस्थाले पारदर्शी भएर सेवा दिनुपर्ने बताए। कार्यक्रममा युआरएलका निर्देशक समेत रहेका मेडिकल ल्याबोरेटरीमा सिक्स सिग्मा ब्लाक बेल्ट तथा आइएसओ लिड अडिटर सुशील थापाले गुणस्तरलाई ध्यान दिएर पोखरामा ल्याब स्थापना भएको बताए। उनले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरी भविष्यमा पनि अरु नयाँ परीक्षण थप हुने बताए। वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्यले भिटामिन डी लगायतका संवेदनशील परीक्षण पोखरामा नै हुँदा उपचारमा सहज भएको बताए।

नेपाल मधुमेही समाज कास्की नेपालका अध्यक्ष कृष्णप्रसाद बरालले निजी क्षेत्रको ल्याबले सामाजिक उत्तरदायित्व वोध गरी निःशुल्क शिविर सचेतना जस्ता कार्यक्रम गर्नु सराहनीय रहको बताए। युआरएलले पोखरा र आसपासमा हालसम्म २७ शिविर गरिसकेको छ। १४ हजार बढीले निःशुल्क शिविरबाट सेवा लिएका छन्।  युआरएलका प्रवन्ध निर्देशक पन्तले पन्तले युआरएलमा हुने परीक्षण, यसको गुणस्तर, कर्मचारीको दक्षता, प्रयोग भएको प्रविधि र सेवाग्राहीको विश्वासले आफूहरु यहासम्म आएको बताए । युआरएलका निर्देशक दिनेशबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार ऋषि खतिवडाले गरेका थिए।

कमेन्टहरु
Loading...