ह्वाइट वाटर च्यालेन्ज कायाकिङको उपाधी मगर र तामाङलाई

पोखरा, १५ मंसिर/पोखराको अपर सेतीमा बुधबार सम्पन्न १५ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज कायाकिङ प्रतियोगिताको एक्सट्रिम स्लालोम उपाधी नीमबहादुर मगर र सुरज तामाङले जितेका छन् । नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सिज नाराले पोखरामा आयोजना गरेको प्रतियोगितामा मगर र तामाङले ९० प्रतियोगिलाई पछि पार्दै उपाधी उचालेका हुन् ।

एक्सट्रिम स्लालोमको उपाधी उचालेका उनीहरुले नगद ५० हजार रुपैयाँ पुरस्कार समेत बाडेका छन् । त्यस्तै अमेरिकी कायकर गारेन स्टेफेन र प्रकाश गुरुङ द्वितीय भए । उनीहरुले जनही १५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र जितेका छन् । सोही विधामा तृतीय भएका उमेश पुनले २० हजार रुपैयाँ पुरस्कार जिते । महिलातर्फ एक्सट्रिम स्लालोमको उपाधी यूकेकी बेथ मोर्गानले जितिन् ।

उनले ३० हजार रुपैयाँ पुरस्कार पाईन । आयरल्याण्डकी सुसन गोयली द्वितीय हुँदा २० हजार रुपैयाँ हात पारीन । त्यस्तै नर्वेकी निकोल पोर्फेन तृतीय भईन । उनले १० हजार रुपैयाँमा चित्त वुझाईन । त्यस्तै बोटर क्रस विधातर्फ अमेरिकी कायकर गारेन स्टेफेन नै प्रथम भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फ उत्कृष्ट भएकी यूकेकी बेथ मोर्गानले १० हजार रुपैयाँ पुरस्कार पाईन ।

त्यस्तै डाउन रिभरतर्फ निमबहादुर मगर प्रथम भए । मगरले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । दोस्रो र तेस्रो भएका राजेन्द्र गुरुङ र दीपेश गुरुङले मेडल र प्रमाणपत्र मात्र हात पारे । यसअघि भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा हुदै आएको प्रतियोगिता पहिलो पटक पोखराको सेती नदीमा आयोजना गरीएको हो ।

कमेन्टहरु
Loading...