पोखरा, १३ मङ्सिर ।हङकङ बजारका आगलागि पीडितहरुलाई राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी संघ, शान्तिबन–९ पोखराले सहयोग गरेको छ । संघका करिव १ सय ३७ सदस्यहरुबाट संकलित ७७ हजार १ सय ५५ रुपैयाँ गरिएको राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी महासंघका कोषाध्यक्ष रामप्रसाद लामिछानेले बताए । राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी संघका अध्यक्ष छेवाङ तामाङले हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुनार र बजार संरक्षक राजकुमार सुवेदीलाई संकलित रकम हस्तान्तरण गरेका हुन् ।

पीडितहरुको सहयोगार्थ एक थोक व्यावसायी मध्येबाट अनिवार्य पाँचसय भन्दा बढि रकम संकलन गरिएको छेवाङ तामाङले बताए ।गत कात्तिकको २४ राति हङकङ बजारमा अचानक आगलागी भई २३ सटर पूर्ण रुपमा र ७ सटर आंशिक रुपमा क्षति भएको हङकङ बजारका संरक्षक राजकुमार सुवेदीले बताए ।कार्यक्रममा संघका सल्लाहकार रुद्रप्रसाद खनाल, राष्ट्रिय तरकारी तथा फलफूल थोक व्यावसायी महासंका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद फुँयाल, कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्षद्वय कर्ण गिरी र रामकृष्ण दवाडीले बोलेका थिए । संघका अध्यक्ष छेवाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मलप्रसाद बास्तोलाले स्वागत मन्तव्य र सचिव अक्कलबहादुर सिकेले कार्यक्रम सञ्चालन गरेका थिए ।