अन्तर स्थानीय निकाय कर्मचारी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, १ मंसिर /अन्तर स्थानीय निकाय कर्मचारी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा हुने भएको छ । स्थानीय निकाय कर्मचारी संघ जिल्ला समिति कास्की र पोखरा उपमहानगरपालिका इकाइको संयुक्त आयोजनामा आगामी पुस १ र २ गते पोखरामा प्रतियोगिता हुने भएको हो ।

स्थानीय निकायका कर्मचारीको बीचमा अपसी भाइचारा र सम्बन्ध विस्तार गर्न प्रतियोगिता आयोजना गरिएको मूल आयोेजक समितिका संयोजक इन्जिनियर महेन्द्रबहाद्ुर गोदार जानकारी दिए । प्रतियोगितामा देशभरका स्थानीय निकायबाट सहभमागिता रहने अपेक्षा आयोजकको छ । प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्न गोदारको संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति र ४ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।

मूल समितिको सहसंयोजकमा इन्जिनियर धु्रव भट्टराई र सदस्यमा रामचन्द« पोखरेल, शिवप्रसाद बराल, पुरुषोतम थापा, कमला पराजुली, राजु सुवेदी, वेदनाथ घिमिरे, रेवती भण्डारी, हर्क गायक, मन्जु गुरुङ, निर्मला गुरुङ र बलराम आचार्य छन् ।

सल्लाहकार समितिमा इन्जिनियर शारदामोहन काफ्ले, नारायणप्रसाद शर्मा, इन्जिनियर पूर्ण गुरुङ, कल्पना बराल, छविलाल तिमिल्सिना चयन गरिएको छ । प्रतियोगिताको प्रचारप्रसार उपसमिति संयोजकमा इन्जिनियर धु्रव भट्टराई, आर्थिक उपसमिति संयोजक, रामचन्द्र पोखरेल, व्यवस्थापन उपसमिति संयोजक, शिवप्रसाद बराल, आवास, खाना र खाजा संयोजकमा छविलाल तिमिल्सिना छन् ।

कमेन्टहरु
Loading...