पोखरा भेट्रान्स राष्ट्रिय बास्केटबलको उपाधी काठमाडौको बि.बि.एस.टी लाई

पोखरा भेट्रान्स राष्ट्रिय बास्केटबलको उपाधी काठमाडौको बि.बि.एस.टी लाई
पोखरा भेट्रान्स राष्ट्रिय बास्केटबलको उपाधी काठमाडौको बि.बि.एस.टी लाई

पोखरा, ६ कार्तिक ।पोखरा रंगशालामा जारी पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केटबल प्रतियोगिताको उपाधी काठमाडौको बि.बि.एस.टी टिमले हात पारेको छ । पुन समाज कास्कीलाई  ५८ का विरुद्ध ६२ को स्कोरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।प्रतियोगितामा बि.बि.एस.टी ले उपाधी संगै नगद ४० हजार ४ सय ४४ नगद हात पार्यो भने उपविजेता पुन समाज कास्कीले नगद २५ हजार ५ सय २५ प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी बि.बि.एस.टी का कर्मा गुरुङ्ग घोषित भए भने हाई स्कोररको उपाधि पुन समाज कास्कीका नोल बहादुर पुनले हासिल गरे । उनले प्रतियोगिता भर ५८ स्कोर गर्न सफल भएका थिए ।

विजयी टिम तथा खेलाडीहरु लाई नेपाल ओलोम्पिक कमिटीका महासचिव तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेन्डी लामा शेर्पा, बास्केटबल किन्द्रिय उपाध्यक्ष जुम गुरुङ, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्ग, प्रतियोगिताका संयोजक नारायण शर्मा, क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङ, हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त लगाएतले कप, मेडल, प्रमाणपत्र, नगद वितरण गरेका थिए ।

समापन कार्यक्रम कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनको अध्यक्षतामा भएको थियो भने संचालन सचिव ध्वज कुमार गुरुङ्गले गरेका थिए ।प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । प्रतियोगितामा ४० वर्ष माथिकाले मात्रै सहभागिता जनाएको आयोजकले जनाएको छ । पाथीभरा ओभरसिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको हो । पाथीभरा ओभरसिजले प्रतियोगिता गर्न २ लाख सहयोग गरेको छ ।

 

कमेन्टहरु
Loading...