एमाले कालिकाको शुभकामना आदान प्रदान

पोखरा, १ कात्तिक/विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल संवतको अवसरमा नेकपा एमाले कालिका गाउ कमिटि कास्कीले कालिका गाविसमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना ग¥यो । शुभकामना आदान प्रदान कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, स्थानीयवासि, समाजसेवीहरुले शुभकामना साटासाट गरे ।

कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य मान वहादुर जिसिले विजया दशमीले सम्पुर्ण राजनीनित दलका नेता तथगा कार्यकर्तामा संविधानको कार्यान्वयनकालागी अग्रसरता मिलोशभनी शुभकामना व्यक्त गरे । एमाले जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव वैन वहादुर क्षत्रीले कालिकाको समग्र विकासमा सवैराजनीतिक पार्टीलाई एक ढिक्का वनाएर एमाले अघी वढ्ने वताए ।

एमाले जिल्ला निर्वाचन आयोगका टिकाराम पगेनीले कालीकावासि गाउपालिकामा नै वस्ने वा नगरमा वस्ने भन्नेकुरा स्वयं कालिकावासिमा नै निर्भर रहने वताए । एमाले कालिका गाउ कमिटिका अध्यक्ष निमृल दियाली सुनारको अध्यक्षतामा भएको कार्यक्रममा युवासंघका केन्द्रीय सदस्य दर्शन लामा, युवासंघका जिल्ला अध्यक्ष विष्णु पुन लगाएतले शुभकामना ब्यक्त गरे ।

कमेन्टहरु
Loading...