एक वर्ष अगाडी हराएको पोखरा अल्ट्रालाइट माछापुच्छे ठोकिएको आशंका

फाइल तस्विर 

पोखरा १३ असोज /करिब एक वर्ष अगाडी बेपत्ता भएको पोखरा अल्ट्रालाइट माछापुच्छे हिमालमा ठोकिएको आशंका गरेको छ । २०७२ असोज २१ गतेदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट विमानका टुक्राहरु देखिएको आशंका गरिएको छ ।

अन्नपूर्ण हिमश्रृङखलाको माछापुच्छ«े हिमालको नजिकै हराएको अल्ट्रालाइटको केही भागहरु टुक्रा टुक्रा अवस्थामा देखिएको र सो टुक्राहरु हराएको अल्ट्रालाइटको हुन सक्ने आशंका गरिएको हो। उक्त बिमानको केही भागहरु एभिया क्लव नेपाल प्रालिको अल्ट्रालाइटले अन्नपूर्ण हिमश्रृङखलाको अवलोकनको क्रममा देखेपछि हराएको पोखरा अल्ट्रालाइट हो की भन्ने आशंका गरेको छ ।

एभिया क्लवले अन्नपूर्ण क्षेत्रमा देखिएको उक्त बिमानको टुक्राहरुको तस्विर र देखिएको स्थानको भौगोलिक अवस्थाको विवरण सहित नागरिक उड्डयन कार्यालय पोखरालाई पत्रसहित जानकारी दिएको छ । पोखरा बिमानस्थलबाट अन्नपूर्ण हिमश्रृङखलाको अवलोकनका लागि उडेको अल्ट्रालाईट बेपत्ता भएको थियो । पोखरा अल्ट्रालाइट कम्पनीको कल साइन ९ एन ए एल आइको अल्ट्रालाइट ५० वर्षिय रसियन पाइलट भ्यालोरी बुप्टीनले उडाएका थिएभने अल्ट्रालाइटमा दक्षिण अफ्रिकाकी एलिजावेथ वेल उनी संगै उडेकी थिइन् ।

अल्ट्रालाइट विमानको सुचना दिनेलाई एक लाख रुपैया पुरस्कार दिइने घोषणा गरेको थियो । सो अल्ट्रालाइट विमानको खोजीमा हेलिकप्टर, अरु अल्ट्रालाइट विमान र स्थलगत रुपमा प्रहरी परिचालन गरिएको भएतापनि दुर्घटना स्थल पत्ता लगाउन सकेको थिएन । जानकारी प्राप्त भए पछि खोजीका लागि जाने योजना बताएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले जानकारी दिए । उनले नागरीक उड्यन कार्यालयलाई जानकारी दिइसकेको बताउदै ठाउँको एकिन भए पछि खोजीमा जाने बताए ।

कमेन्टहरु
Loading...