तस्बिरः सीएनएन
गन्थन डेस्क
लामो समयपछि सार्वजनिक गरिएको प्रतिवेदन अनुसार अष्ट्रेलियाको सेनाले अफगानिस्तानमा ३९ जना सर्वसाधारणको हत्या भएको स्वीकारेको छ ।
उक्त प्रतिवेदन सार्वजनिक भएपछि अष्ट्रेलियन आर्मीका सुरक्षा बल प्रमुख जनरल अंगस क्याम्पबेलले केही सेनाको लडाकुपनका कारण दुखद घटना घटेको प्रतिक्रिया दिएका छन् । ‘अफगानिस्तानमा भएको घटना अष्ट्रेलियाली सेनाको इतिहासमा सबैभन्दा लाजमर्दाे पक्ष हो’ जनरलले क्याम्पबेलले भनेका छन् ।
प्रतिवेदनमा यस घटनालाई ‘गैरकानूनी हत्या’ भनिएको छ । जसलाई क्याम्पबेलले स्वीकार गरेका छन् । अफगानिस्तानमा खटिएका सेनाका कमाण्डरले तल्लो तहका सेनालाई गोली हान्न आदेश दिएको बताइएको छ । स्रोतका अनुसार कहिल्यै पनि कसैमाथि गोली नचलाएका सेनालाई अभ्यासस्वरुप सर्वसाधारणमाथि गोली हान्न आदेश दिइएको हो ।

यस सम्बन्धी अष्ट्रेलियन सुरक्षा बल (एडीएफ)ले करिब ४ वर्ष लामो अनुसन्धान गरेर प्रतिवेदन तयार पारिएको समाचारमा जनाइएको छ । प्रतिवेदनका अनुसार यस्तो गैरकानूनी हत्या सन् २००९ देखि २०२३ बीच भएको हो । जनरल क्याम्पबेलले भनेका छन्, ‘म सेनाको गैरकानूनी हत्यालाई स्वीकार गर्दछु ।’
एडीएफका मेजर जनरल पल बेरेटनको नेतृत्वमा सन् २०१६ देखि अफगानिस्तानको घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । यसप्रति जनरल क्याम्पबेलले यस घटनामा संलग्न सेनाका कमाण्डरहरुलाई कारवाही गर्ने बताएका छन् ।
एजेन्सीको सहयोगमा