पोखरा, ७ वैशाख / बागलुङको गलकोट नगरपालिका वडा नम्वर ५ कौलेनीको जङ्गलमा सोही ठाउँको हिस्लाङ बस्ने ३३ बर्षिय पुरन राना मृत भेटिएका छन् ।
आइतबार विहान भिरबाट लडी मृत अवस्थामा फेलापरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
शनिबार साँझ साथीहरू सँग भिरमा मौरीको मह निकाल्न जान्छु भनि घरबाट निस्केका थिए । तर विहान सम्म नआए पछि उनका आफन्त खोज्ना जादाँ मृत फेला परेका थिए ।
घटनास्थलमा प्रहरी टोली पुगेर घटनाका विषयमा थप अनुसन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ ।