असाहय बालबालिकाको सहयोगार्थ ‘चकलेट’को च्यारिटी शो पोखरा हुने

पोखरा, १८ भदौ/नेपाली कथानक चलचित्र चकलेटको पोखरामा च्यारिटी शो हुने भएको छ । लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको आयोजनामा भदौ २४ गते विन्दवासिनी चलचित्र मन्दिरमा च्यारिटी शो हुन लागको हो । च्यारिटी शोबाट खर्च कटाएर बचत भएको रकम असाहय बालबालिकाको सहयोगार्थ खर्चिने योजना रहेको लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका अध्यक्ष लायन महेश पौडेलले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

असाहय बालबालिकाको सहयोगार्थ ‘चकलेट’को च्यारिटी शो पोखरा हुने
असाहय बालबालिकाको सहयोगार्थ ‘चकलेट’को च्यारिटी शो पोखरा हुने

अध्यक्ष पौडेलले च्यारिटी शोबाट करिब ३ लाख ५० हजार आम्दानी र एक लाख ५० हजार खर्च हुने अनुमान गरिएको पनि जाकारी गराए । त्यसबाट बचेको रकम पोखरा उपमहानगरपालिका वडा नं. ९ स्थित साहारा निमाविका असाहय बालबालिकाको शिक्षामा खर्च गरिने पौडेलले बताए ।

‘त्यहाँ गरिब असाहय बालबालिकालाई पहिले सिविनले हेरेको रहेछ, उसको प्राजेक्ट सकिएपछि ती बालबालिकाहरु समस्यामा भएको हामीले थाह पायौं’ अध्यक्ष पौडेलले भने,‘हामी सहयोग गर्नलाई गाउँ गाउँ चहार्छौ, आफ्नै छेउमा रहेको विद्यालयमा भएको यो हवितग थाह पाउँदैनौं । त्यही भएर हामी सहयोग गर्न तम्सिएका हौं ।’

चलचित्र चक्लेटकी निमात्री तथा अभिनेत्री पुजना स्त्रीले यो चलचित्र विभिन्न ठाउँमा च्यारिटी शो गरेर त्यसबाट आएको आम्दानीले बुटवलमा संचालन गरेको बालबालिका सेन्टरलाई सहयोग गर्ने बताईन् । ‘चलचित्रले नेपालमा खासै राम्रो व्यापार गर्न सकेन, तर हङकङ, आयरल्याण्ड, न्यूयोर्क, फुकेट भएको च्यारिटी शो राम्रो भयो’ उनले भनिन् ‘नेपालमा पनि यसरी विभिन्न ठाँउमा च्यारिटी शो गरेर बालबालिककाको सहयोगमा रकम जुटाउने योजना छ ।’ उनले आगामी दिनमा काठमाण्डौंमा ५० जना असाहाय बालबालिकाको लागी भवन निर्माण गर्ने योजना रहेको समेत बताइन् ।

चलचित्रले सडकमै आफ्नो सारा जीवन सुख दुःख बाड्दै सडकमै जीवनमा संसार देख्ने र सुख दुःख मनाउन चहानेको कथालाई चकलेटले उजागर गरेको छ । च्यारिटी सो विन्दवासिनी चलचित्र मन्दिरमा भदौ २४ गते साँझ ६ शो हुनेछ । कार्यक्रममा निर्वतनमा ड्रिट्रिक गभर्नर पिएमजेफए धु्रव थापा पनि बोल्नु भएको थियो भने कार्यक्रमको संचालन संयोजक लायन शिव थापामगरले गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...