अवैध नदिनजन्य पदार्थ उत्खनन् गर्ने २ टिपर नियन्त्रणमा

तनहुँ संवादाता । अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भानु नगरपालिका वडा नम्वर १ भन्सारबाट अवैध रुपमा ढुंगा, गिटी बालुवा लोड गरी ल्याउँदै गरेको बा ३ ख ६०१ र बा ४ ख २६८७ नम्वरको टिपरलाई डुम्रे तर्फ ल्याउँदै गरेको अवस्थामा भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘नियन्त्रणमा लिइएको दुवै सवारी साधनलाई भानु नगरपालिकाको कार्यालयमा बुझाइएको छ,’ उनले भने ।

पछिल्लो समय जिल्लाका विभिन्न नदीहरुमा अवैधरुपमा उत्खनन् गर्ने क्रम बढ्दै गएको छ ।

कमेन्टहरु
Loading...