लागुऔषध सहित एक व्यक्ति पक्राउ

तनहुँ संवादाता । प्रहरीले लागु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर १५ का ३२ वर्षीय हरी बहादुर परियार रहेका छन् ।

शनिबार आँबुखैरेनी गाउँपालिका वडा नम्वर ४ बेनीटार पुलजीपमा ठुलो संख्यामा लागु औषधको कारोबार गरिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले परियारलाई नियन्त्रणमा लिएको हो ।

संकास्पद रुपमा भेटिएका परियारलाई नियन्त्रणमा लिई खानतलासी गर्दा २ एमएलको तरल पदार्थसहितको डाइजेपाम १४५, फेनेरागन १४५, नुफीन १४३ गरी कुल ४३३ थान लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

परियारलाई नियन्त्रणमा लिइ तनहुँ जिल्ला अदालतमा लागु औषध मुद्धा शिर्षकमा दर्ता गरी म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

कमेन्टहरु
Loading...