नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जंगलबाट दुईनाल भरुवा बन्दुकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जंगलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १ सय ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय २ र १५ वर्षीय १ जना किशोर रहेका छन् । उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जंगलबाट रंगेहात पक्राउ गर्न सफल भएको जनाइएको छ । रासस