दशैको बारेमा नयाँ पुस्तालाई जानकारी दिनुपर्छ ः श्रेष्ठ

असोज २६,पोखरा /दशै पर्वमा विकृती भित्रिन नदिई यो पर्वको संरक्षण गर्न लायन्सले भुमिका खेल्नुपर्नेमा लायन्स क्लब ३२५ वि १ नेपालका पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले जोड दिएका छन् । बिहिबार ४ वटा लायन्स क्लब र एक वटा लियो क्लब मिलेर संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, छठ, नेपालसम्वत लगायतको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दशै पर्वमाथी चारैतिरबाट प्रहार हुन थालेको कारण भावी पुस्तामा यसको बारेमा नकारात्मक धारणा जागृत हुन सक्ने खतरा उनले औल्याए । दशै पर्वको चार्मलाई जोगाइराख्न सामाजिक कार्यमा सक्रिय लायन्स क्लबहरुले सचेतनामुलक कार्यक्रम गर्दै नयाँ पुस्तालाई जानकारी दिनुपर्नेमा उनको भनाइ थियो । यदि यतिकै छोडिदिने हो भने केहि वर्ष पछाडि धार्मिक तथा सास्कृतिक महत्व बोकेको यो पर्व लोप हुने खतरा हुने भन्दै पिएमसिसि श्रेष्ठले चिन्ता व्यक्त गरे ।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जितबहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५ वि १ नेपालका चिफ एडभाइजर धुव्र श्रेष्ठ, सिनियर एओजि विशेश्वर आचार्य, डिष्ट्रिक डेपुटी चिफ बालकृष्ण बराल, कमिटिो को चियर पर्सन बसन्त गिरी र विष्णु प्रसाद तिमिल्सीना, जोन चियर पर्सन सन्तोष घिमिरे, डिष्ट्रिक मेम्बर सरस्वती गिरी र सिता पहारी, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतम, पोखरा युनिटि चौतारीका अध्यक्ष राजकुमारी थापा, विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, पोखरा उज्यालो चौतारीका अध्यक्ष विनोद गुरुङ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका सचिव राजाराम पौडेल लगायतले नेपालीहरुका महान् पर्वहरुले एकआपसमा आत्मियता बढाउने बताए ।

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, पोखरा फेवा वेगनास चौतारी, पोखरा युनिटि चौतारी, पोखरा उज्यालो चौतारी र लियो क्लब अफ सिर्जना चौतारीले साइमन पार्टी प्यालेस सिर्जनाचोकमा संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागी सबैले दशै लगायतका पर्वको महत्वको बारेमा बोल्दै एक अर्कामा शुभकामना आदान प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...