विग आइकनमा टप २५ प्रतियोगी छनौट

पोखरा, २९ माघ /सातौं बिग आईकन अन्तर्गत शनिबारदेखि सुरु भएको ‘गितानो’ राउण्डबाट पाँच जना प्रतियोगी बाहिरिएका छन् ।  अब विग आइकनको उपाधि होडमा रहेका २५ जना प्रतियोगीले मात्रै बाँकी अडिसन दिनेछन् । यसअघि पाँचौं चरण पार गरी ३० जना प्रतियोगी छैठौं चरणका लागि छनौट भएका थिए ।

शनिबारको अडिसनमा सम्पूर्ण प्रतियोगीलाई गितार र पियानोको संगीतमा गीत गाउन लगाईएको थियो । अब फागुन ४ गते अर्को चरणको अडिसन हुनेछ ।  सातौं विग आइकनको गितानो राउण्डसम्म आइपुग्दा अडिसन निकै प्रतिस्पर्धात्मक बनिसकेको निर्णायकहरुले बताएका छन् । यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् ।

यो सिजनमा कुल ५४ जिल्लाका ११ सय ५२ जना प्रतियोगी बिग आईकन बन्ने लक्ष्यका साथ प्रतिष्पर्धामा उत्रिएका थिए । यसअघि पाँचौ चरणको अडिसनमा ३९ जना प्रतियोगीहरु छनौट भई गत बिहीबार नौ जना बाहिरिएका थिए । बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

कमेन्टहरु
Loading...