एनआरएनए कोरियाबाट नेपाललाई कोरोना परीक्षण किट सहयोग

पोखरा, २९ चैत / दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (एनआरएनए) ले कोरोनाका लागि आवश्यक सामग्रीहरु शुक्रबार नेपाल पठाएको छ ।

कोरियाबाट कोरोना परीक्षण गर्ने ४ हजार किट सहित अन्य स्वास्थ्य सामग्री पठाएको हो । ४ हजार कोरोना परीक्षण किट, ४ हजार आरएनए परीक्षण किट, ५ सय पिपिई कोरियन एयरबाट नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया महासचिब विमल सुबेदीले जानकारी दिए ।

एनआरएनए कोरियाले एक व्यक्ति एक किट्स अभियान कोरियामा सन्चालन गरेको उनले बताए । अभियानबाट १ करोड ४० लाख भन्दा बढि रकम उठेको थियो । एनआरएनए कोरियाले नेपाली राजदुतावास सौलमा एक कार्यक्रम गरेर दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई हस्तान्तरण गरेको थियो ।

दुताबासले सामग्री नेपाल पठाएको हो । सुबेदीले दोस्रो चरणमा चीनबाट नेपाल सामग्री पठाइने बताए । उनले चीनको ग्वाङझाउ स्थित नेपाली नियोगमा थप सामग्रीहरु रहेको बताए ।

कमेन्टहरु
Loading...