ओएमजी-२ मा शिवलाई कचोरी किनेको देखाए पछि महाकालका पुजारीकाे आपत्ति

मुम्बइ । अक्षयकुमार अभिनित चलचित्र ओएमजी २ को दर्शकहरुले निकै प्रतिक्षा गरिरहेका छन् ।

 

प्रर्दशनमा आउनु अघि नै अनेक बिबाद र लफडामा परेका ओएमजी २ माथी फेरी अर्को संकट आईपर्ने देखिएको छ ।

 

हालै नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धार्मिक भ्रमणमा गएको उज्जैनको महाकाल मन्दिरका पुजारीले ओएमजी–२ फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएका छन् ।

 

फिल्ममा भगवान शिवको रूप गलत देखाइएको उनीहरुको भनाइ छ । उनी पसलबाट कचोरी किनेको देखाइएको छ । यसले भक्तजनको भावनामा ठेस पुग्छ । नोटिसमा अपमानजनक दृश्य हटाउन र सार्वजनिक माफी माग्न उक्त मन्दिरका पुजारीले ओएमजीका निर्माता र निर्देशकलाई भनेका छन ।

 

त्यसै त ओएमजी २ लाई सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । अर्थात् १८ वर्ष मुनिका व्यक्तिले यसलाई हेर्न पाउने छैनन् । यसबारे महाकाल मन्दिरका पुजारीहरु यस फिल्ममा अश्लिल दृश्यहरु रहेको बताउएका छन ।

महाकाल मन्दिरका पुजारीले सो फिल्मलमा भगवान शिव सबन्धी कुनै अश्लिल दृश्य देखिए देशैभर प्रदर्शन गर्न नदिने तथा एफआइआर पनि दर्ता गर्ने चेतावनी दिएका छन ।

कमेन्टहरु
Loading...