भारतको केरलामा आएको बाढीमा परी ३ सय २४ को मृत्यु , २ लाखभन्दा बढी घरबारविहीन

भारत,२ भदौ/भारतको केरलामा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । २ लाख भन्दा बढी घरबार विहीन भएका छन् ।केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित छन् ।शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्यांक अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय २४ पुगेको छ ।

‘केरला बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ’, मुख्यमन्त्री पिनारायीले ट्वीट गर्दै भनेका छन्, ‘विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३ सय २४ जना पुगेको छ ।’बिहीबारसम्मको तथ्यांकको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक संख्या ३ गुणाले वृद्धि भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।झण्डै २ लाख बाढीका कारण विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा आश्रय दिएर राखिएको छ ।

बाढीले कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ ।त्यहाँको मौसम विभागले वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन आग्रह गरेको छ ।वर्षापछि सडकसँगै हवाई उडान समेत प्रभावित भएका छन् । केरलाको मुख्य विमानस्थल २६ अगस्टसम्म बन्द हुने अपेक्षा गरिएको छ ।

कमेन्टहरु
Loading...