हुण्डाईले ल्यायो, सेलार प्यानलबाट चार्ज हुने गाडी

एजेन्सी, २९ साउन / दक्षिण कोरियन सवारी निमार्ता कम्पनी हुण्डाईले सोनाटा हाइब्रिडको सोलार प्यानलबाट चार्ज हुने भेरियन्ट कार सार्वजनिक गरेको छ ।

सेलार प्यानल यसको छतमा जडान गरिएको हो । सोलार प्यानलको मद्धतले कारमा भएको ब्याट्री दिनमा ३० देखि ६० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जानकारी दिएको छ ।

यस सोलार प्यानलको मद्धतले दैनिक ६ घण्टा चार्ज भएका वार्षिक करिव १ हजार ३ सय किलोमिटर अतिरिक्त माइलेज दिने अनुमान कम्पनीले गरेको छ ।

यो हाल दक्षिण कोरियामा मात्र विक्रि वितरण भइरहेको र चाडैनै उत्तर अमेरिकी देशमा उपलब्ध हुने कम्पनीको भनाई छ ।

कमेन्टहरु
Loading...