कोरोनाबाट मृत्यु हुनेको सख्या ४२ हजार बढी, २ सय २ देशमा पुग्यो कोरोना

एजेन्सी/ विश्वमा कोरोना भाइरसका कारण एकै दिन ४ हजार ३ सय ४१ को मृत्यु भएपछि मृत्यु हुनेको सख्या ४२ हजार १ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा इटलीमा सबै भन्दा बढि ८ सय ३७ को मृत्यु भएको छ । त्यसै गरी स्पेनमा ७ सय ४८, अमेरिकामा ७ सय २७, फ्रान्समा ४ सय ९९ सय, बेलायतमा ३ सय ८१ जनाको मृत्यु भएको छ ।

विश्वभर ८ लाख ५७ हजार २ सय ९९ जना संक्रमित भएका छन् । विश्वमा संक्रमित भएका मध्ये १ लाख ७७ हजार १ सय ४१ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म २ सय २ देशमा कोरोना देखा परेको छ ।

कमेन्टहरु
Loading...