कोरोना संक्रमितको संख्या १० लाख बढि, ५३ हजारको मृत्यु

पोखरा, २१ चैत/ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ भने ५३ हजार बढिको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयले सार्वजनी गरेको तथ्याङक अनुसार १० लाख १५ हजार ४ सय ६६ जना संक्रमित भएका छन् । विश्वभर मृत्यु हुनेको सख्या ५३ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार ६६ जनामा संक्रमण भएको छन् । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । चीनमा ८१ हजार ५ सय ८९ जना संक्रमित भएका छन् ।

मृतकको संख्या भने सबै भन्दा धेरै इटलीमा १३ हजार ९ सय १५ पुगेको छ । त्यस पछि स्पेनमा १० हजार ३ सय ४८, अमेरिकामा ६ हजार ७५ जना र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ७४ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा फ्रान्समा सबै भन्दा धेरै १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । भारतमा १४ जना मृतक थपिए सगँ मृत्यु हुनेको सख्या ७२ जना पुगेको छ । भारतमा २ हजार ५ सय ४३ जना संक्रमित छन् । विश्वभर संक्रमित भएका मध्ये २ लाख १२ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...