कोरोनाका कारण मृत्यु हुनेको सख्या १ लाख बढि

एजेन्सी / कोरोनाका कारण विश्व भर मृत्यु हुनेको सख्या १ लाख बढि पुगेको छ । शुक्रबार राती सम्म विश्वभर मृत्यु हुनेको सख्या १ लाख ९० जना पुगेको छ ।

अहिले सम्म विश्वभर १६ लाख ३८ हजार २ सय १६ जनामा संक्रमण देखिएको छ । ति मध्ये ३ लाख ६९ हजार १७ जना निको भएर घर फर्किएका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा ४ लाख ७६ हजार ३ सय ९७ छन् भने अहिले १७ हजार ८ सय ४३ जनाले ज्यान गुमाइ सकेका छन् । भारतमा शुक्रबार सम्म २ सय २९ जनाले ज्यान गुमाएका छन् ।

अहिले सम्म भारतमा ७ हजार ३ सय ४७ जनामा संक्रमण देखिएको छ । भारतमा संक्रमण बढ्दै जादा नेपालमा पनि चिन्ता थपिदै गएको छ । नेपालमा अहिले सम्म ९ जनामा मात्रै संक्रमण देखीएको छ ।

कमेन्टहरु
Loading...