कोरोनाबाट बिहारमा एक जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ६ पुग्यो

काठमाडौं, ९ चैत / कोरोना भाइरसको संक्रमणका कारण भारतको बिहार प्रान्तमा एकजनाको ज्यान गएको छ ।

पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका ३८ बर्षिय सैफ अलीको ज्यान गएको भारतीय सञ्चार माध्येमहरुले बताएका छन् ।

दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ ।

बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । भारतमा अहिले सम्म ३ सय ३२ जनामा संक्रमण देखीको छ ।

कमेन्टहरु
Loading...