कोरोनाको संक्रमण भारतमा बढ्दो, २ सय ८८ जनाको मृत्यु, नेपालमा चिन्ता

पोखरा, ३० चैत/ कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा अहिले सम्म २ सय ८८ जनाको मृत्यु भएको छ । शनिबार मात्रै ३९ जनाको मृत्यु भएको छ ।

अहिले सम्म भारतमा ८ हजार ४ सय ४६ जनामा संक्रमण देखिएको छ भने शनिबार मात्रै ८ सय ४६ जनामा नयाँ संक्रमण देखिएको हो । ९ सय ६९ जना निको भएर घर फर्किएका छन् ।

भारतीय संचार माध्येमहरुले दैनिक नयाँ संक्रमण हुनेको सख्या बृद्धि हुदै गएको बताएका छन् । खुल्ला सिमानाका कारण भारतमा संक्रमण बढ्दै जादाँ नेपालमा समेत चिन्ता व्यक्त गर्न थालिएको छ ।

कोरोनाका कारण अमेरिकामा सबै भन्दा धेरै मृत्यु हुने मानिसको संख्या पुगेको छ । अमेरिकामा २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण देखिएको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिका पछि मृत्यु हुने १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । स्पेनमा १६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको सख्या १ लाख ६३ हजार २७ जना छन् । इटलिमा १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन् ।

विश्वमा अहिले सम्म १७ लाख ७९ हजार ८ सय ६४ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७९ जना पुगेको छ । अहिले सम्म ४ लाख २ हजार ७ सय ६५ जनाको निको भएर घर पर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण अहिलेसम्म नेपालमा ९ जनामा संक्रमण देखिएको छ ।

कमेन्टहरु
Loading...