कोरोना भाइरसका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु

एजेन्सी/कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण अमेरिकाको थप एक नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका महेश पन्थीको निधन भएको समाचार एजेन्सीहरुले बताएका छन् ।

पन्थीको मंगलबार बिहान उपचारका क्रममा भर्जिनियाको फेयरफ्याक्स काउन्टी स्थित इनोभा फेयर ओक्स अस्पतालमा निधन भएको हो ।

नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनि एक दशक देखि अमेरिका थिए । पूर्व फुटबल खेलाडी समेत रहेका थिए ।

कमेन्टहरु
Loading...