कोरोनाबाट भारतमा एक नेपालीको निधन

एजेन्सी/ कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । पाल्पा निस्दी गाउँपालिका स्थायी घर भएका एक जनाको भारतमा केही दिनअघि मृत्यु भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७, ज्यामिरेका ४५ वर्षिय हर्क सिंह दिशामगरको भारतमा कोरोना भाइरसको संक्रमणका कारण केही दिनअघि मृत्यु भएको वडा सदस्य लाल बहादुर सारुले जानकारी दिए ।

भारतमा रहदा कोरोना भाइरसको संक्रमणबाट मगरको मृत्यु भएको उनले बताए । उनको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

कमेन्टहरु
Loading...