Ganthan News Pokhara
All news from Pokhara & around

मुकेश अम्बानी बिराट कोहलीको विवाह पार्टी भनेर अर्काको पार्टीमा पुगेपछि

0

पौष १४/भारतका अर्बपति मुकेश अम्बानी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अनुष्का शर्माको बिहेको रिसेप्सन पार्टीमा गएनन् । तर, भारतको पहिलो प्राथमिकताको राष्ट्रिय टिममै नभएका अर्का क्रिकेटरको बिहेको पार्टीमा भने सपरिवार पुगेपछि अहिले निकै ठूलो चर्चाको विषय बनेको छ ।

विराट–अनुष्काको बिहेको पार्टीमा अम्बानी परिवारबाट मुकेशकी पत्नी नीता र छोरा आकाशमात्र पुगेका थिए । तर, टिम इण्डियाका स्टार अलराउण्डर हार्दिक पाण्डेका दाजु क्रुणाल पाण्डेको बिहेको पार्टीमा भने मुकेश स्वयं पुगे ।

बुधबार विहे गरेका क्रुणालको बिहेमा मुकेशसहित अम्बानी परिवारबाट उनकी पत्नी नीता, छोरी इशा र छोरा आकाशसमेत पुगेका थिए ।

अरु सम्बन्धित खबरहरु