यती डेभलपमेण्ट बैंकद्धरा अनार्थ बालबालिकाको स्वास्थ्य परिक्षण

पोखरा, १ असोज /यती डेभलपमेण्ट बैंक लिमिटेड पोखरा शाखाले शनिवार पोखरामा स्वास्थ्य शिविर आयोजना गरि अनार्थ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । पोखराको न्यूरोडमा रहेको बैंकले ५१ जना अनार्थ बालबालिकाको स्वास्थ्य परिक्षण गरेको हो ।

स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्य परिक्षण गरेका हुन् । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्षेनी केन्द्र र देशभरका शाखा कार्यालयवाट गर्ने बिभिन्न सामाजिक कार्य जस्तै पोखरामा अनार्थ बालबालिकाको स्वास्थ्य परिक्षण गरेको यती डेभलपमेण्ट बैंक लिमिटेड केन्दिय कार्यालयका वजार व्यवस्थापक प्रकाश घिमिरेले बताए ।

एक केन्द्र सहित २५ शाखा कार्यालय रहेको बैंकले बर्षेनी ५० भन्दा बढि कार्यक्रम गरि सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरेको उनले सुनाए । स्वास्थ्य शिविरमा यती डेभलपमेण्ट बैंक शाखा कार्यालय पोखराका प्रमुख ईश्वर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सेवा मुलक कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले यती डेभलप्मेण्ट बैंकले जस्तै सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लाग्न सके देश विकासमा महत्वपूर्ण हुने बताए । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले यती डेभलपमेण्ट बैंकले सामाजिक क्षेत्रमा गरेको काम महत्वपूर्ण रहेको बताए ।

कमेन्टहरु
Loading...