प्याराडिसो स्पोर्टस् बारमा भ्यालेन्टाईन डे नाइट पार्टी

पोखरा, २ फागुन/प्रणय दिवसका अवसर पारेर पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले भ्यालेन्टाईन डे विशेष नाइट पार्टी गरेको छ । प्रणय दिवस, फेव्रुरी १४, भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन विशेष कार्यक्रमको आयोजना गरेको हो ।

बिहीबार साझँ हुने कार्यक्रममा कपल पार्टि हुने प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले प्रबेश निःशुल्क रहेको बताए । नाइटलाई डिजे उमेश, डिजे भ्यालेन्टाईन, डिजे लभ र व्यव व्यान्डले सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुती रहने उनले जानकारी दिए । पार्टी साझँ ६ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण रहेको उनले बताए ।

बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था छ ।

 

कमेन्टहरु
Loading...