माझठानामा फलफुलका विरुवा रोपियो

पोखरा, १५ साउन /लायन्स क्लब अफ पोखरा मिड टाउन र लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको संयुक्त आयोजनामा शनिबार कास्कीको माझठाना–६ भुर्तेल गाउँमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षरोपणमा अवसरमा ११ घरमा सुन्तला, कागती, अम्बा, मौषम लगायतका विरुवा रोपिएको छ ।

माझठानामा फलफुलका विरुवा रोपियो
माझठानामा फलफुलका विरुवा रोपियो

मिड टाउनका अध्यक्ष विष्णुप्रसाद बास्तोला र फिस्टेल सिटीका अध्यक्ष रामभक्त रञ्जितको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशलन डिष्ट्रिक ३२५ बि १ नेपालका ट्रि प्लान्टेसन कमिटि चेयरपर्सन मदन द्वाले विरुवा रोपेर गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्वाले वृक्षरोपण गरिएको विरुवाको संरक्षणमा चासो दिनुपर्ने बताए । ‘लायन्स क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘वातावरण संरक्षण अभियानमा लायन्स क्लबहरुले गरेका वृक्षरोपण कार्यक्रमले टेवा पु¥याइरहेको छ ।’

कार्यक्रममा रिजन चेयरपर्सन चण्डीप्रसाद अर्याल, जोन चेयरपर्सन चन्द्रकान्त बराल, मिट टाउनका वृक्षरोपण कार्यक्रम संयोजक विकास भुर्तेल, फिस्टेल सिटीका वृक्षरोपण कार्यक्रम संयोजक अरुण पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा डिष्ट्रिकका मिडिया कमिटि चेयरपर्सन उमानाथ बराल, डिजास्टर कमिटि चेयरपर्सन प्रेमबहादुर जिसी, वातावरण चेयरपर्सन कविराज आचार्य, इन्टरनेशनल कन्भेन्सन को–चेयरपर्सन निर्मलराज बराल, कम्प्युटर एशोसिएसन महासंघ कास्कीका उपाध्यक्ष युवराज पौडेल लगायत दुवै क्लबका सदस्यहरुको उपस्थिति थियो ।

उक्त अवसरमा फलफुलका करिब ७० वटा बिरुवा रोपिएको मिड टाउनका सचिव सुरेन्द्र पौडेलले जानकारी दिए । फरक सैलीमा कार्यक्रम गर्ने सोचका साथ गाउँमा गएर फलफुलका विरुवा रोपिएको उनले बताए ।

कमेन्टहरु
Loading...