टेलिकममा करेन्ट लाग्दा दुई मजदुरको मृत्यु

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २५ वैशाख /बागलुङ नगरपालिका वडा नम्बर २ नेपाल टेलिकम बागलुङमा भवन बनाउने काम गर्दै गर्दा दुई जना मजदुरको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ जिल्ला निवासी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

टेलिकमको भबन बनाउने क्रममा टेलिकमको भबन निर्माण स्थल संगै रहेको रूखमा कौवाको गुडलाई फलामको रडले फाल्ने क्रममा विद्युत हाइटेन्सनमा करेन्ट लागेर मृत्यु भएको स्थानीयबासिले बताए ।

कमेन्टहरु
Loading...