सामुदायिक विद्यालय सुधारको लागि दुई दिने कार्यशाला

पोखरा ३१ साउन / शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय सुधार योजना तथा सामाजिक परिक्षण अध्यावधिक सम्बन्धि दुई दिने कार्यशाला कार्यशाला पोखरामा सम्पन्न भएको छ । वाल तथा महिला शशक्तिकरण समाजको आयोजना एबं एक्सन एड नेपालको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कास्कीको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।

सामुदायिक विद्यालय सुधारको लागि दुई दिने कार्यशाला
सामुदायिक विद्यालय सुधारको लागि दुई दिने कार्यशाला

गोष्ठीमा परियोजना सञ्चालन भएका ढिकुरपोखरी र दाङसिङ गाविसका १५ बिद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावक संघका प्रतिनिधिको सहभागिता थियो । शनिवार र आईतवार दुई दिन सम्म सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धि तालिम प्रदान गरिएको थियो । गोष्ठी समापनको अबसरमा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी बिद्यालयको गुणस्तर सुधारको लागि गम्भिर हुन तालिममा सहभागिलाई आग्रह गरे ।

उनले तालिममा सिकेका सिपलाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए । जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति कृष्ण बहादुर थापा र नेत्र वहादुर आलेले सामुदायिक बिद्यालयको गुणस्तर सुधारको लागि प्रधानाध्यापक, शिक्षक , अभिभावक सबैको समन्वयात्मक भूमिका हुनुपर्ने बताए ।

आयोजक संस्थाकी अध्यक्ष सिता भट्टराईले सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा प्रशिक्षक फलदायी हुने विश्वास ब्यक्त गरिन् । प्रशिक्षण समापन कार्यक्रममा सहभागिको तर्फबाट ढकराज सुवेदी, तुलसी प्रसाद अधिकारी, टिकाराम अधिकारी, गणेश बहादुर भूजेल , रेडियो जननीकी स्टेसन म्यानेजर, विमला भण्डारी , सम्झना परिवार, प्रारम्भिक वाल विकास परियोजनाकी फिल्ड संयोजक मिना लिगल, लगायतले प्रशिक्षणको महत्वको वारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...