नर्सिङ संघ कास्कीको भवन शिलन्यास, मणिपाल र जिएमसीमा एकाई गठन

पोखरा, २६ वैशाख /नेपाल नर्सिङ संघ कास्कीको भवन सोमबार पोखरामा शिलन्यास भएको छ । पोखराको चापापानीमा रहेको जग्गामा तिन तले भवन निर्माण गर्ने गरि शिलन्यास भएको हो ।

नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मा र नेपाल नर्सिङ संघकी केन्द्रिय अध्यक्ष तारा पोख्रेलले संयुक्त रुपमा सिलन्यास गरेका हुन । सिलन्यास गर्दै नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले कास्की शाखाले निर्माण गर्न लागेको भवनलाई केन्द्रले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगको आब्हान समेत गरेकी थिईन ।

बहुउद्देश्यि भवन निर्माण गर्न लागेको नेपाल नर्सिङ संघ कास्कीकी अध्यक्ष क्षेत्र रोक्काले जनाईन । भवन निर्माण पछि स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम गर्न, बाहिरबाट पोखरा आउने नर्सहरुको आवास सेवा उपलब्ध गराउने तथा नर्सिङ सेवाको अध्ययन केन्द्र स्थापनको लक्ष्य रहेको रोक्काले बताईन ।

भवन निर्माणको सहयोगार्थ कास्की शाखाले अघिल्लो वर्ष सांस्कृतिक कार्यक्रम गरेको नेपाल नर्सिङ संघ कास्कीका सचिब मुना सिलवालले बताईन । भवन निर्माण गर्नको लागि करिब ५० लाख लाग्ने अनुमान गरिएपनि बजारको अवस्थाले लागतमा थपघट हुनसक्ने सिलवालको ठहर रहेको छ ।

त्यस्तै १९७ औ अन्तर्राष्ट्रिय नर्स दिवसको पुर्वसन्ध्यामा नेपाल नर्सिङ संघ कास्कीले पोखराका दुई मेडिकल कलेजमा आप्mनो इकाई विस्तार गरेको छ । नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा र नेपाल नर्सिङ संघकी केन्द्रिय अध्यक्ष प्रा. तारा पोख्रेलको उपस्थितीमा मणिपाल मेडिकल कलेज र गण्डकी मेडिकल कलेज ( जिएमसी ) मा उक्त इकाई गठन भएको हो ।

मणिपाल मेडिकल कलेजमा गिता घिमिरेको अध्यक्षतामा ९ सदस्यि र गण्डकी मेडिकल कलेजमा सविता कोइरालाको अध्यक्षतामा ९ सदस्यी कार्यसमिति गठन भएको हो । नर्सिङ संघको विधान अनुसार २ सय भन्दा वढी नर्स सेवारत अस्पतालमा नर्सिङ संघको इकाई गठन गर्न सकिने प्रावधान रहेको भएपनि पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा अहिलेसम्म पनि नर्सिङ संघको इकाई स्थापना हुन सकेको छैन । निकट भविष्यमा नै क्षेत्रिय अस्पतालमा इकाई विस्तार गरिने नर्सिङ संघ कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...