कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय

पोखरा, २२ भदौ /देश भरका अधिकांश सामूदायिक विद्यालयका घट्दो विद्यार्थी संख्या एवम् शैक्षिक गुणस्तर चुनौतीपूर्ण बन्दै गएका अवस्थामा पोखरा उपमहानगरपालिका वडा नं १२ स्थित शितलादेवी मा.वि. भने सबैका लागि अनुकरणीय बन्दै गएको छ ।
साधनस्रोतले सम्पन्न धेरै सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट जम्मा ८ वटा दरबन्दी र ३ वटा राहत कोटा पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएकोमा सामूदायिक विद्यालयमै सर्वोत्कृष्ट स्थान ओगट्नु यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय
कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय

मुलुकभरका ३५ हजार सामूदायिक विद्यालयलाई पछि पार्दै शितलादेवीले ३७ औं शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा यही भदौ २३ गते यस वर्षको सर्वाेत्कृष्ट विद्यालयका रुपमा दुई लाख नगद पुरस्कार सहित राष्ट्रिय शिल्ड पाउने भएको छ । प्रत्येक वर्षको शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामूदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालय घोषणा गर्ने गरेकोमा सामूदायिक तर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शितलादेवीले प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताउनुभयो ।

कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय
कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय

ʿलगनशिल विद्यार्थी, समर्पित शिक्षक र कुशल व्यवस्थापनʾ भन्ने नाराका साथ विद्यालय निरन्तर कृयाशिल बनेको बताउँदै उहाँले विद्यार्थी, शिक्षक, अभिभावक एवम् समूदायको सामूहिक प्रयासले देशभरमा नै सर्वोत्कृष्ट सामूदायिक विद्यालयका रुपमा स्थापित गर्न सकिएको बताउनुभयो । देशका अधिकांश सामूदायिक विद्यालय राजनीतिकरणको प्रभावमा परे पनि शितलादेवीलाई त्यसको प्रभावले छुन नसकेका कारण सफलता हासिल गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर कार्की बताउनुहुन्छ ।

“विद्यालयको सफलताका लागि समूदायका साथै शिक्षक, अभिभावक तथा विद्यार्थीको सामूहिक प्रयास अपरिहार्य छ,” – उहाँले भन्नुभयो । विद्यालयका कुल ८ दरबन्दी मध्ये माध्यमिक तहमा एक वटा मात्र दरबन्दी रहेको बताउँदै शिक्षक अभिभावक संघका अध्यक्ष शिरोमणि बरालले निजी स्रोतबाट विद्यालय सञ्चालन गर्न निकै कठिनाई भैरहेको बताउनुभयो ।

कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय
कठिलाई पार गर्दै पोखराको शितलादेवी मावि देश कै सर्वोत्कृष्ट विद्यालय

धेरै कठिनताका बाबजुत विद्यालय देशरभरकै सामूदायिक विद्यालयमा सर्वोत्कृष्ट बन्नु विद्यालयका लागि गौरवको विषय भएको उहाँको भनाइ छ । समयसापेक्ष अंग्रेजी माध्यमको शिक्षा अपरिहार्य भएको महसुस गर्दै विद्यालयले २०६१ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको शिक्षक तोलाकान्त न्यौपानेले जानकारी दिनुभयो । कुल ५१४ जना विद्यार्थी सहित हाल कक्षा ११ सम्म सञ्चालन भैरहेको विद्यालयमा सबै कक्षामा अंग्रेजी माध्यमममा पठनपाठन भैरहेको छ ।

शिक्षिका टिकादेवी पराजुली(बराल) विद्यालयमा राम्रो पारिवारिक वातावरण भएका अभिभावकका छोराछोरीलाई आकर्षित गर्न सक्ने हो भने अझै समग्र रुपमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुहुन्छ । मन्त्रालयले अघिल्लो वर्षको एसएलसी परीक्षाको परीक्षाफल, कक्षा ९ को विद्यार्थी भर्ना लगायतका मापदण्डका आधारमा प्रत्येक वर्ष एक विद्यालयलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालयका रुपमा पुरस्कृत गर्दै आएको छ ।

कमेन्टहरु
Loading...