सडक दुर्घटनामा परि पोर्चुगलमा एक नेपालीको निधन

पोर्चुगल, २१ जेठ /पोर्चुगलमा सडक दुर्घटनामा हुदाँ एक नेपालीको निधन भएको छ ।

दुर्घटनामा परि गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नम्बर ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको निधन भएको हो ।

पोर्चुगलको बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार राती साइकलमा सवार शर्मा रिजाललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही राती निधन भएको हो । शर्मा एक वर्ष अगाडि पोर्चुगल गएका थिए ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...