रिजनल हस्पिटलमा यो हप्ता १ सय ४० जनाको निशुल्क स्वास्थ्य परिक्षण

पोखरा,१८ भदौ/पोखराको जीरो किलोमिटरमा भर्खरै सञ्चालनमा आएको रिजनल हस्पिटलले शुभारम्भको अवसरमा शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।शिविरमा यो हप्ता पेट, छाती, मुटु, सुगर तथा थाइराईड सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा फिजिसियन डाक्टर मनोज कोइराला र डाक्टर रामकृष्ण गिरी, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर आनन्द बहादुर श्रेष्ठ, रेडियोलोजिष्ट डाक्टर सुमिरन श्रेष्ठ, स्वास्थ्यकर्मीहरु मेट्रोन प्रमिला श्रेष्ठ, शोनी श्रेष्ठ, हिरा आले, सुस्मीता अधिकारी र सुर्य बहादुर राना लगायतले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

शविरमा ८० जना बिरामीको ल्याब परिक्षण, ६१ जना बिरामीको भिडियो एक्स रे, ४० जना बिरामीको मुटुको इसिजी र २० जना बिरामीको एक्स रे गरीएको अस्पतालका सञ्चालक जितेन्द्र पौडेलले जानकारी दिए ।अस्पतालले शुभारम्भको अवसरमा बिगत केहि हप्तादेखि बिभिन्न रोग सँग सम्बन्धित निशुल्क स्वास्थ्य सिबिर गर्दै आएको छ । आगमी हप्ता पनि अर्को निशुल्क स्वास्थ्य शिबिर जारी रहने अस्पतालका अध्यक्ष जगत खड्काले जानकारी दिए ।

अत्याधुनिक सुविधा सहित पोखराको जिरो किलो मिटरमा सञ्चालनमा आएको रिजनल अस्पतालमा २४ सै घण्टा बिषेशज्ञ सेवा प्रदान हुदै आएको छ ।आइसियु सहित २५ बेड क्षमता रहेको हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा ,अत्याधुनिक प्रयोगशाला, एक्स रे, भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इसिजी लगायत ओपिडि सेवाहरु सुरु गरेको हस्पिटलका व्यस्थापक अर्जुन शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...