रेवान पोखराको भवन शिलन्यास

पोखरा, १५ भदौ/रेष्टुरेण्ट एण्ड बार एशोशियसन अफ नेपाल (रेवान) पोखराको पनि आफ्नैं भवन बन्ने भएको छ । पोखरा–६,गैह्रिखेतमा मंगलाबार भवन निर्माण कार्यको शिलन्यास गरिएको छ ।

रेवान पोखराको भवन शिलन्यास
रेवान पोखराको भवन शिलन्यास

रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई र भवन निर्माण समितिका संयोजक समेत रहेका रेवान पोखराका सचिव विष्णु बानियाँले इट्टाको गाह्रो लगाई निर्माण कार्यको शिलन्यास गरे ।

सोहि कार्यक्रमका विच अध्यक्ष भट्टराई र संयोजक बानियाँले भवन निर्माणको जिम्मा लिएका ओम रिजाललाई गैची र बेल्सा हस्तान्तरण गरे । ६ आना क्षेत्रफलमा बन्ने २ तले पक्कि भवन ८ महिना भित्र सम्पन्न गर्ने रेवान पोखराको लक्ष्य रहेको छ ।
रेवान पोखराले ३ वर्ष अगाडी उक्त जग्गा खरिद गरेको थियो ।

भवन निर्माण सम्पन्न भएपछि रेवान पोखराले सोही भवनबाट आफ्नों कार्य सम्पादन गर्ने जनाएको छ । शिलन्यास कार्यक्रममा रेवान पोखराका पदाधिकारी, सल्लाहकार लगाएतको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...