राष्ट्रिय अनुसन्धान केन्द्र ः संम्वृद्ध नेपाल निमार्णमा फाष्ट ट्रयाक

विवेक त्रिपाठी
अब नेपाली जनतालाई क्रान्तीको या त स्वतन्त्रताको लडाई लड्नु छैन राणा शासन, निरंकुश पंचायती व्यवस्था ताना शाही राजतन्त्रका विरुद्ध्र सयौ व्यक्तीहरुले आफ्नो जिवन आहुती दिएका छन् । जसका कारण लोकतान्त्रीक गणतन्त्र नेपाल प्रजातान्त्रीक मुलुक नयाँ संवीधान र नयाँ नयाँ नेतृत्व पाइरहेका छौ हामीले । अब संघर्ष बलिदानी युद्ध मुडभेड अन्त्य चाहेका छन् । आम नेपाली जनता खुसीयाली चाहन्छन्, त्यसलाई रोक्न कसैले पनि सक्दैन । आफ्नो पहिचान र दरिलो राष्ट्रिय स्वाभिमान चाहन्छन् ।

अव लडाई झगडा विरोद मतभेद हैन नेपाली जनता संवृद्धि चाहन्छन् । आम नेपाली जनताले देख्ने गरेको सम्वृद्ध नेपालको सपना अव विज्ञान र प्रविधिको विकास सम्भव नहुने कुरामा पनि विमती वा मतभेद नरहला किनकी हामीलाई थाहा छ पश्चिमा मुलुकहरु विकासको चरम गतिमा पुगि रहेका वेला वल्ल हामी विकसीत नेपालको सपना देख्दै छौ । कारण उनीहरुले विज्ञान प्रविधिको खोज अनुसन्धान र विकासलाई सधै प्रथामिकतामा राखी रहे नेतृत्व गरि रहे ।

विज्ञान र प्रविधिले विकास गरेका कुरा विकास र संवृद्धी सगँ जोड्दै गएको छन् । जसकारण उनीहरुको विकास र संम्वृद्धी देखेर आज हामीलाई डाहा लाग्ने गरी विकास गरे । हो अभावले सृजना गराउछ हामीलाई वल्ल अभाव खड्कीएको छ अव यो समयलाई फजुल नगरीकन सहि नेतृत्व पाएमा नयाँ नयाँ सिर्जनालाई संसारको कुनै पनि शतmीले रोक्न सक्दैन । हाम्रो मुलुक सहि प्रयोग विकास गर्न सक्ने क्षमता नभएकै कारण अलपत्र परीरहेको छ । संसारका शतmी राष्ट्रहहरु चिन र भारतको विचमा रहेको मुलुक सानो भएता पनि संसारको उत्कृष्ठ गन्तव्य भन्दा अतिस्युतm नहोला । प्राकृतीक सम्पदाको वैज्ञानीक प्रयोगलाई जोड्दिन सकियो भने हाम्रो संम्वृद्ध नेपालको सपना त्यती टाढा छ जस्तो लाग्दैन ।

वगेर जाने पानी वाट जलविद्युत् उत्पादन गरेर विदेश निर्यात गरौ अथाह जडीवुटीहरुको प्रशोधन गरेर विश्व वजार सम्म पुराऔ । हाम्रो पौराणीक महत्वका चिजहरु संरक्षण गरौ प्राविधीक शिक्षाको विकास गराउन सक्यौ भने मात्र संवृद्ध नेपाल वनाउने कार्यको रुपमा पहिलो प्रथामीकता विज्ञान र प्रविधीको क्षेत्रमा ठुलो संघर्ष गरेको व्यतmी महावीर पुन अर्थात यसीयाली नोवेल पुरुस्कार रोमन म्यागासेस पुरुस्कार प्राप्त गरेका पुनले जुन राष्ट्रीय आविष्कार केन्द्रको परिकल्पना गरका छन् मुनासीव लागेको छ । देशले हामीलाई के दियो भन्दा पनि देशलाई हामीले के दियौ भन्ने सोच एक महान् संकल्प हो । जस्ले छरीएर रहेका वा लापत्ता भएका नेपाली सृजनशिल मष्तीस्कहरुलाई एक वनाउने छ र सुन्दर देशलाइृ सृजित गर्न लाग्ने छ ।

अहिले यतीवेला नेपाली राजनीतीमा फाष्ट ट्रयाक को चर्चा निकै छ । कस्ले वनाउने वा कसरी वनाउने जस्ता थुप्रै कुराहरुले आमसंचार माध्यमहरु घन्कीएका छन् । फाष्ट ट्रयाक नेपाली आवश्यकता हो । कीनकी करिव पाचँ छ दशक पहिले हाम्रो तुलनामा रहेका केही मुलुकहरु जस्तै दक्षिण कोरीया आज सयौ नेपाली कामदार भित्रायर विकास निर्माण को अग्र पंतिmमा पुगीरहेको छ । कारण के हो भने दक्षिण कोरीयालीहरुको आट मेहनत सिर्जना र नेतृत्वनै हो । दक्षीण कोरीया सगँ केही अपुग स्रोत र साधन हुदा हुदै पनि दृढ इच्छा शतmीका साथ लागे निमार्ण गरेर आज हाम्रा जस्तो धेरै मुलुकवाट कामदार लगिरहेका छन् । विकासको तिव्र गतीमा अगाडी वढीरहेका छन् ।

तर हाम्रो मुलुक प्रशस्त स्रोत साधन र वैज्ञानीक प्रविधीलाई आत्म साथ गराउन सक्ने नेतृत्व वेगर भएर पानी विना छट्पटाएको माछा जस्तो भएको छ । हामी सगँ आखीर के छैन त यहाँ विज्ञान र प्रविधीका कुरा भइरहेको छ । त्यसैले म केही विज्ञान र प्रविधी सगँ काम गरीरहेका व्यतmीलाई नीकै राम्रो सगँ चिन्छु र वेला वेला संचार माध्यमहरुमा पनी आइरहेका छन् । नयाँ नयाँ आवीस्कार तर कता जान्छन् के गर्ने हुन् अतोपतो हूदैन , ति आविष्कारहरले मुर्त रुप पाउन सक्दैनन् आखीर कीन त ? नाष्ट विज्ञान तथा प्रवीधी मन्त्रालयनै छ जस्ले यस्ता कुराको संरक्षणमा खासै चासो दीदैन् त ।

केही वषै पहिले रोवर्ट चौधरी ,मेहेश त्रिपाठी , विकास पराजुली,आविष्कार सुवेदी ,तल्लज वराल ,विकल्प ढुगाना रमीद मियाँ लगायत थुप्रै वैज्ञानीक आविष्कार गरेका व्यक्तीहरु काहा वेपता भएका छन् ? आखीर ती त सरकारी सम्पती हुन् जस्लाई संरक्षण गर्न नसकेर सरकारले लापत्ता युवा वैज्ञानीक वेपत्ता सरकार भएको छ । रोवर्ट चौधरीले आविष्कार गरेको रोवर्ट महेश त्रिपाठीले गरेको सुपर एम म्याग्नेटीक इन्जीन , पानी वाट चल्ले इन्जीन लगाएत थुप्रै रोवर्ट अनि उनका आवीष्कारहरु ,विकास पराजुलीले आविष्कार गरेको डाफे,तल्लज वरालका रोवर्टहरु ,विकल्प घिमीरेको सौर्य शतmीले चल्ने स्कुटर लगाएतका आविष्कारहरु काहाँ गुमनाम भएकाछन् ।

सरकारले यस्ता व्यक्तीहरुको संरक्षण गर्नु पर्ने होकी हैन । अनी सयौ लाखौको संख्यामा आफ्ना युवाहरु मरभुमीको फाष्ट ट्रयाक खन्दा खन्दा जिन्दगीको ट्रयाक स्लो वनाएर विग्रन लागेको गाडी जस्तो भएर फकर्दै छन् । अनी यस्ता सयौ वैज्ञानीक मष्तिस्क भएका व्यक्तीहरु ,सयौ इन्जीनीयरहरु र प्राविधीक टोलीहरु वेकामे भएका छन् । यिनीहरुको प्रयोग गर्न छाडेर सरकार अरु कुरा गर्दछ । यो गलत छ त्यसैले दक्षिण कोरीयाका तत्कालीन राष्टपती किङसेजुङ को जस्तो आट गर्नु पर्ने छ र राष्ट्रीय अनुसन्धान केन्द्र जस्ता केन्द्रहरु द्धारा युवाहरुको संरक्षण प्रयोग अनी विकास गर्नु छ र संवृद्धीको फाष्ट ट्रयाक निमार्ण गर्नु छ ।

अन्तयमा राष्ट्रीय अनुसन्धान केन्द्र निमार्ण गरी माथी उल्लेख गरीएका युवा वैज्ञानीक मष्तीस्कहरुको अनुसन्धान प्रतिको लगाव र उत्साहलाई वढावा दिने र उत्पादनले सम्वृद्ध नेपाल निर्माण गर्नका निम्ती विज्ञान र प्रविधीको क्षेत्रमा लामो समय सम्म लागी परेका महावीर पुनाको महासंकल्प हो । अमेरीका वाट कम्प्युटर टेक्नोलोजीको जस्तै विकास ग्रामीण वस्तीमा पनि सफल वनाउने व्यक्ती महावीर पुनले देखेको यो महाअभियान कामयाव वनोस् शुभकामना साथै वेपत्ता भएका वैज्ञानीकहरुका आविष्कारहरुले मुर्तरुप पाउन् ,वेपत्ता भएको सरकार यस्ता वैज्ञानीक मष्तीस्कको संरक्षण प्रयोग र विकासमा जोड दिने निती कार्यक्रम देओस् शुभकामना ।

कमेन्टहरु
Loading...