कांग्रेसबाट पोखराको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ

पोखरा १८ वैशाख /नेपाली कांग्रेसले सोमवार दिउmसो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नरेश शंकर पालिखे र उपमेयरमा चन्द्रावती पौडेलको नाम टुङ्गो लगाएपनि अन्तिम समयमा उमेदवार परिवर्तन गरेको छ ।

मेयरको उमेदवारी पाउने पक्का भएपछि पालिखे पार्टीको आधिकारिक पत्र बुझ्न दिउसो देखि कुरेर बसेका थिए । तर सोमबार राती मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उमेद्वार बनाउने अन्तिम निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

कमेन्टहरु
Loading...