रामबजारमा तीजगीत प्रतियोगिता हुने

पोखरा, ३२ साउन /महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर रामबजारमा रहेका मन्दिरहरुले हरेक वर्ष पालैपालो तीजगीत प्रतियोगिता गर्ने भएका छन् ।

परापूर्व समयदेखि रामघाटको गीता मन्दिर परिसरमा तीजको अवसर पारेर आफ्ना मनका वेदना गीतद्वारा प्रस्तुत गरी मनलाई शान्त पारिरहेका महिलाहरुलाई त्यसपश्चात आफ्ना टोल टोलका चोकचोकमा नाचीनाची हरितालिका तीज मनाईरहेको अवस्थामा रामबजारका केही अग्रज व्यक्तिहरुले २०४३ सालदेखि तीजगीत प्रतियोगिताको रुपमा चलाउनु पर्छ भनि नेपालमै सर्वप्रथम हरितालिका तीज्को अवसरमा तीजेगीत प्रतियोगिता प्रारम्भ गरेको मनविर गुरुङ्ग ढासाले बताउनुभयो ।

यसै सन्दर्भमा विगत ३० वर्षदेखि प्रारम्भ भएको उक्त हरितालिका तीजगीत प्रतियोगितालाई यस वर्ष राममन्दिर माछापुच्छे« महिला समूह रामबजारले राममन्दिरमा तीजको दिन भाद्र १९ गते तीजेगीत प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको सहयोग रहने र राममन्दिर माछापुच्छे« महिला समूहका अध्यक्ष माया गुरुङ्ग भुजेलको संयोजकमा विभिन्न उपसमिति गठन गरिएको छ ।

२०७३ भदौ १९ गतेका दिन संचालन गरिने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना, उत्कृष्ट भेषभूषा र नृत्यलाई नगद, प्रमणपत्र र हिमश्री फुड्सद्वारा उत्पादित रारा चाउचाउले प्रदान गरिने आयोजक समितिका सचिव लेकमाया पुनले बताउनुभयो । प्रतियोगिता सफल पार्न विदेशमा रहेका संस्था रामबजार सोसाइटी युके लगायत रामबजारबासीको ठलो सहयोग रहने र प्रतियोगिताबाट बचत रकमले टोलमा सडक सौर्यबत्ती जडान गर्न सहयोग गर्ने बैठकले निर्णय गरेको रामबजार टोल विकास संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले बताउनुभयो ।

कमेन्टहरु
Loading...