शिक्षा मन्त्री पोखरेल पोखरा विश्वविद्यालय निरिक्षण

पोखरा, ३ चैत /शिक्षा मन्त्री मन्त्री पोखरेलले पोखरा विश्वविद्यालय निरिक्षण गरेका छन । अकस्मात् रुपमा पोखरा विश्वविद्यालयको निरिक्षणमा आएका मन्त्री पोखरेलले अवको ५० वर्ष पछाडी नेपाल कस्तो वन्ने भन्ने विश्वद्यिलयको गतिविधीमा भर पर्ने उनले वताए ।

शिक्षा मन्त्री गिरीराज मणी पोखरेलले अवको युगमा विश्वविद्यालय परिवर्तनका संवाहक रहेको वताए । स्थानिय नेता, कर्मचारी, पदाधिकारी, पत्रकार लगायत स्थानियको उपस्थीती रहेको सो कार्यक्रमलाई सम्वोधन गर्दै उनले शैक्षिक नियमहरु २०४० पछाडी संसोधन नभएकोले त्यसलाई परिवर्तन गर्न त्यसवारे जानकारी लिन अकस्मात् आएको उल्लेख गरे ।

विश्वविद्यालयको दिक्षान्त समारोह नजिकिँदै गर्दा गरीएको भ्रमणले सोही दिन केही महत्वपुर्ण निर्ण गरीने धेरैको आँकलन गरेका छन् । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपती डा चिरञ्जीवी शर्माले विश्वविद्यालय देशमा धेरै तालावन्दी भईरहनेमा चर्चा पाएकोले त्यसलाई चिर्न सरकार देखी स्थानियवासी सम्मको सहयोग आवश्यक रहेको जानकारी दिए । उपकुलपती डा शर्मा सभापतीत्वमा भएको कार्यक्रम रजिष्टार गोविन्द शर्माले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...